0 COMMENTS

मिलन चाम्लीङ,धरान२१फागुन०७४/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका २ मा ७६ दशमलव ७५ हेक्टर जमिन भित्र फैलिएको संभावना बोकेको पर्यटकीय स्थल तालतलैया ओझेलमा देखिन्छ ।

तालतलैयामा विभिन्न साना साना ९ वटा तालहरु रहेको छन यहि तालहरुको कारण यश क्षेत्रको नाम तालतलैया रहनु गएको भनाइ सुन्न पाइन्छ।तालतलैया भित्र सानो बुढासुब्बा मन्दिर,पिकनिक स्पोर्ट,बालबालिकाहरुको लागि चिल्ड्रेन पार्क,बोटिङ,विभिन्न जनावरहरु(मृग,स्याल बादर,निगाले बाघ,जरायो,बादर,दुम्सी अन्य)र पंक्षी (मयुर,बन कुखुरा,सारस टर्की लगायत) पनि रहेको छन।विभिन्न मानव निर्मित ढुङ्गाको विभिन्न मुर्तिको आकृतिहरु देख्न सकिन्छ भने आकर्षणको कुरा बिश्वको होचो ब्यात्ती भनेर विश्व कृतिमान राख्न सफल स्वर्गीय चन्द्रबहादुर डांगिको मूर्तिलाई देख्न सकिन्छ।

तालतलैया प्रवेश गर्नको लागि दुई वटा प्रवेशद्दार छन प्रवेशशुल्क प्रतिब्यात्ति २० रुपैया छ। चिल्ड्रेन पार्क प्रवेश गर्न छुट्टै प्रवेश शुल्क प्रतिब्यात्ति २० रुपैया तिर्नु पर्छ।चिल्ड्रेन पार्क भित्र विभिन्न मनोरञ्जनात्मक खेल सामाग्रीहरु छन।बोटिङ प्रति बोट २०० रुपैयाँ छ।यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीय तथा सरोकारवाला निकायहरुले पहल गरेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने संभावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।