0 COMMENTS

समाजकाे अावाज सम्वाददाता, काठमाडौ २१फागुन०७४/ सरस्वतीनगरका बासिन्दालाई लामो समय सम्म सडक निर्माण नहुदा हैरनी खेप्नु परेको थियो । गोपि कृष्ण हल देखी उत्तर पुर्व तर्फ कपन हुदै गोकर्ण सुन्दरीजल सम्मको छोटो दुरिको बाटो र उत्तर पश्चिम हुदै चुनिखेल,बुढानिलकण्ठका वासिन्दाले प्रोयोग गर्ने उक्त बाटो धमाधम कालोपत्रे भैरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाले पाईप लाईन बिछ्याने कार्यलाई सुस्तता दिएका कारण उक्त बाटो कालोपत्रे हुन ढिलो भैरहेको थियो । बिगत तिन वर्ष देखी सबैको चासोको विषय बनेको बाटोमा कालोपत्रे हुदा स्थानीयमा खुशी छाएको छ ।

गोपि कृष्ण हाल देखी भृकुटी चोक सम्मको एक किलो मिटर लम्बाईको बाटोको चौडाई भने सानो छ । कपनको घना वस्ती अनि गोकर्ण,सुन्दरीजल र चुनिखेल सम्म छिचलिएको बाटो चौडाईको हिसाबले निकै साघुरो छ भने पैदल यात्री लाई हिड्न पनि निकै साघुरो फुटपाथ छ ।
गाडिको चाप र पैदलयात्रीको चापलाई बिस्तारित धोविखोला करिडोरको बाटो बने पछि डाईभर्सन हुने आशामा सरस्वतीनगर वासिन्दा छन भने कालोपत्रे पछि सम्भावित हुनसक्ने दुर्घटना देखी भने स्थानिय वासिन्दा त्रसित छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।