0 COMMENTS

आजको राशिफल बि.स.२०७४ फाल्गुन २० गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ०४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि तृतिया । नक्षत्र हस्त,बेलुकी १० बजेर १९ मिनेट उप्रान्त चित्रा । योग गंड,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त वृद्धि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनितिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरिमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनिति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यावासायमा लगानि गरेपनि आम्दानि कम हुने हुदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाईला हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरु सँग बिवाद बढ्ने योग रहेकोछ । प्रणय सम्बन्धमा आत्मियताको कमि हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

नया कामको खोजि गर्नेहरुले नोकरिमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले समयको सुक्ष्म व्याबस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नया प्रबृधिको प्रयोग गरि व्यापारलाई बिश्तार गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा अग्रजहरु सँग विवाद सिर्जन हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको बिदेश यात्रा हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । बुवाको धन परिचालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानि गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारि साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )

जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।