0 COMMENTS

तपाईलाई थाहा छ, तपाईले चलाइरहनु भएको फेसबुक एकाउन्टको मूल्य कति होला ? तपाईको मात्र होइन प्रत्येक फेसबुक एकाउन्टको मूल्य १३ डलर यानि नेपाली १३ सय रुपैयाँ भन्दा बढी हुन आउँछ । यस कुराको खुलासा यसै बर्षको ‘एड रिभेन्यु’ अर्थात् विज्ञापन करबाट भएको हो ।

प्रत्येक प्रोगकर्ताबाट कर मिल्ने–यस फेसबुकको समयमा विश्वभर एक सय ५० करोडभन्दा बढी प्रयोगकर्ता छन् । यी प्रत्येक प्रयोगकर्ताको औषत निकाल्ने हो भने प्रत्येक प्रयोगकर्ताको अकाउंटबाट १२.७६ डलर विज्ञापन करबाट प्राप्त हुन्छ । यसबाहेक यदि अमेरिकाको प्रत्येक प्रयोगकर्ताको ‘एड रिभेन्यु’ हेर्न हो भने औसत ४८.७६ डलर हुन्छ ।

अध्ययन फर्म अनुसार साल २०१५मा फेसबुकले १,६३० करोड डलरको विज्ञापन राजस्व कमाउन सक्छ । यद्यपी, गत बर्ष २०१४मा कप्पनीको राजस्व १,१५० करोड डलरको थियो । यस हिसाबले पछिल्लो सालको तुलनामा फेसबुकले यस बर्ष ४१ प्रतिशतले बढी राजस्व कमाउने छ ।

त्यस्तै, फेसबुकमा प्रत्येक फोटोको शेयरिङ् एप ‘इंस्टाग्राम’बाट पनि करोडौँ डलर राजस्व प्राप्त हुने रिपोर्टमा उल्लेख गरिएको छ । ‘इंस्टाग्राम’ले यस बर्ष ६० करोड डलरको विज्ञापन राजस्व कमाउने अनुमान गरिएको छ, जुन फेसबुकको कूल विज्ञापन राजस्वको ५ प्रतिशत हो ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।