0 COMMENTS

कल्पना बोहरा फागुन १३, साँफेबगर अछाम अछामकोे रामारोशन गाउँपालिकाको कार्यालय अगाडि ट्याक्टर दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् ।

गाउँपालिकाको मुजाबगर बजारमा विहान करिब १०ः ४५ बजे से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रामारोशन गाउँपालिका ७ का ३४ वर्षीय नरु भण्डारी र रामारोशन गाउँपालिका ६ का ३३ वर्षीया कलसी साउँदको घटना स्थलमै मृत्यु भएको हो । घाईते हुनेमा ट्याक्टर चालक ४० बर्षीय कालिचरण चौधरी र रामारोशन गाउँपालिका ५ का डम्बर बटाला रहेको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । घाईते दुबै जनाको मुजाबर स्वास्थय केन्द्रमा सामान्य उपचार गरएिपनि अहिले थप उपचारका लागि अछामको बयलगडा अस्पतालमा रिफर गरिएको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।