0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ१३फागुन०७४/ नेपाली संकृति सुरक्षा परिषद अासाम राज्य ( भारत ) का माहासचिब बिरेन्द्र राना  सम्मानित हुनुभएको छ ।

लमजुङको बेसिशहरमा अाज एक कार्यक्रमकाे अायाेजना गरि ठाडाे भाका लाेककला प्रतिष्ठान लमजुङ ,क्षेत्री समाज लमजुङ ,ब्राह्मण समाज लमजुङ र नेपाल मगर संघ लमजुङ वेसिशहर ईकाइले संयुक्तरूपमा सम्मान गरेका हुन् कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रानाले नेपाली संकृति बिश्वमै उत्कृष्ट रहेको बताउनुभयो । पवित्र देव भुमि नेपाल जाहाँ हिमालय पर्बतमा बसेर ऋषि मुनिहरुले तपस्या गरेको देश , बिश्व शान्तिका अग्रदुत गाैतम बुद्ध काे जन्मभूमि ,सीतादेवीकाे जन्मभुमि ,पशुपतिनाथले रक्षा गरिरहनु भएको भुमि यस्तो पवित्र भुमिमा पाईला राख्दैमा पनि मानिस पवित्र हुन्छ यस्तो देशकाे संकृति कति उच्च कति सब्य हाेला ? हाम्रो नेपाली संकृतिले नारिलाइ उच्च सम्मान गर्दछ अाफ्नि श्रीमती बाहेक सबैलाई अामा दिदिबहिनी काे रुपमा हेर्ने चलन छ ।

हामी पाहुना लाई हार्दिक सम्मान गर्छाै ,सबै सुखि सबै खुसि रहुन् भन्ने हाम्रो मान्यता छ जुन अरु संकृतिमा छैन । संकृति गित गाउनु वा नेपाली पाेषाक लगाउनु मात्रै नभयर सब्य तरिकाले जिवनशैलि जिउने कला हाे । चार जात छत्तीस बर्णको फुलबारि नभएर एक जात एकबर्णकाे फुलवारि काे रुपमा बुझ्न अावस्यक छ । पश्चिमा छाडा संकृतिलाई हाम्रो सब्य संकृतिमा प्रवेश गर्न दिननहुने भन्दै विदेशी पहिरन र बिदेशी भाषा धर्म संकृति लाई निरुत्साहित गर्नुपर्ने पनि माहासचिब रानाले वताउनु भयाे । कार्यक्रम मा बाेल्दै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले नेपाली संकृतिकाे संरक्षणमा सबै जुट्नु पर्ने वताउनुभयाे शाहा बंशकाे ईतिहासकाे स्मरण गर्दै मैनालीले पवित्र नारायणस्थान मन्दिर परिसरमा कार्यक्रम काे अायाेजना गर्दै नेपाली संकृतिका संरक्षक लाई सम्मान गर्न पाउनु सुखद अवसर भयकाेले नेपाली संकृतिकाे संरक्षण र प्रचारप्रसार अभियानमा अगाडि बढ्न प्रमुख अतिथि लाई हाैसला प्रधान गर्नुभयो ।

नेपाली संकृतिकाे बारेमा सबै जानकार रहेकोले अा- अाफ्नाे ठाउँबाट यसकाे सुरक्षमा लाग्न अाग्रह गर्नुभयो । कार्यक्रममा अायाेजक संस्था का प्रमुख प्रतिनिधि , अनुसन्धान प्रमुख , अामा समूह ,पत्रकार , कलाकार लगायत विभिन्न छेत्रमा संबन्धित ब्यक्ति हरुकाे उपस्थिति थियोे । कार्यक्रम मा मुक्तत मंच लमजुङका अध्यक्ष बसन्त अधिकारी ,साहित्यकार तेजनारायण अधिकारी ,छेत्री समाज पश्चिमाञ्चल सदस्य राजु थापा , पुर्ब अध्यक्ष रामचन्द्र अर्याल , बेसिशहर ८ जनप्रतिनिधि पबित्रा राना लगायतले अा अाफ्नाे धारणा राख्नु भएको थियोे । कार्यक्रमकाे अध्यक्षता ब्राह्मण समाज लमजुङका अध्यक्ष सालिग्राम अधिकारीले गर्नुभएको थियोे भने कार्यक्रमकाे संचालन अायाेजक संस्था ठाडाेभाका लाेककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडीले गर्नुभएको थियोे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।