0 COMMENTS

काठमाडौँ, १० फागुन०७४ /महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भई गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेञ्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाको विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकासँग चोरीका बा ९० प ५२४६, बा८८प ३३९३, बा ९० प ९१९० र बा ७० प ८१३५ नंको मोटरसाइकल तथा स्कुटर प्रहरीले बरामद गरेको छ । उनीहरुले चाबहिलको मित्रपार्कमा रहेको सेन्ड एस इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको नम्बर परिवर्तन गरी बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट मुलुकी ऐन चोरी महलअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।