0 COMMENTS

काठमाडौँ, ७ फागुन०७४/ काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित कागेश्वरी धामलाई चिनाउने उद्देश्यले आज तेस्रो कागेश्वरी महोत्सव आयोजना गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका – १ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको प्रसिद्ध कागेश्वरी धामलाई देशविदेशमा चिनाउन तीन वर्ष अघिदेखि महोत्सव आयोजना गरिँदै आएको छ ।

महोत्सवमा स्थानीय तामाङ जातिको सांस्कृतिक वेशभूषा, पहिरन र कला प्रस्तुति गरिएको थियो । महोत्सवका अवसरमा स्थलगत रुपमा आयोजित कविता रचना प्रतियोगितामा रीता खतिवडा प्रथम, गंगा आचार्य दोस्रंो, रत्ननिधि शुक्राचार्य तेस्रो र अस्मिता ढुंगानाले सान्त्वना पुरस्कार पाउनुभयो । प्रतियोगितामा पहिलो हुनेलाई रु एक हजार ५००, दोस्रो हुनेलाई रु एक हजार तथा तेस्रो र सान्त्वना हुनेलाई रु ५०० पुरस्कारस्वरुप वितरण गरिएको कविता प्रतियोगिताका संयोजक गोविन्दप्रसाद वेदमणिले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सवले सहयोग गर्ने बताउनुभयो । प्रदेशसभा सांसद रामेश्वर फुयाँल, नगरपालिकाका प्रमुख कृष्णहरि थापा र उपप्रमुख विन्दु सिंखडा, वडा नं १ का वडाध्यक्ष मुकुन्द गजुरेललगायतले कागेश्वरी धामको प्रचारप्रसार गर्न सके यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विचार राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।