0 COMMENTS

काठमाडौं०५काठमाण्डाै०७४/ अत्याधिक मदिरा पिएर डिस्कोमा गई पेस्तोल देखाएर धम्काउने सई निलम्बनमा परेका छन्। दरबारमार्गको आईक्लमा मंगलबार राती पेस्तोल देखाएर धम्काउने सई राजकुमार श्रेष्ठ बिहिबार निलम्बनमा परेका हुन्।

मदिरामा मात्तिएर साथीसँग गएका उनले सामान्य विवादमा पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकलाई धम्काएका थिए। उनका साथी विकास पाण्डेलाई समेत महानगरीय प्रहरी वृत्त दरबारमार्गले हिरासतमा राखेको थियो। उनलाई बिहिबार निलम्बन गरि थप कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

मदिरामा मात्तिएका सई श्रेष्ठले पक्राउ परेपछि पनि प्रहरीलाई नै गाली गरेका थिए। सई श्रेष्ठ महानगरीय प्रहरी वृत्त जनसेवा अन्र्तगत सुन्धारामा सिआरभीमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।