0 COMMENTS

काठमाडौं, २ फागुन०७४/ नेकपा एमालेको बुधबार बसेको आकस्मिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मानभवनस्थित एक निजी घरमा बुधबार बसेको स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रको सहमतिमा सरकार गठनको दाबी पेश गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रसँग गरिने भनिएको पार्टी एकता अन्तिम चरणमा पुगेका बेला एमालेले सो निर्णय गरेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । जसमा एमालेका १२१ र माओवादीका ५३ सांसद छन् । तर, समानुपातिक तर्फका सांसद्हरुले सपथ गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।