0 COMMENTS

काठमाडौं, २ फागुन०७४/ अत्याधिक मदिरा सेवन गरी आतंक मच्चाएको भन्दै नेपाल प्रहरीका एक जना नायव निरीक्षक (सई) लाई पक्राउ गरिएको छ ।बुधबार बिहान २ बजेतिर साधा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले दरबारमार्गस्थित आईक्लव नामक डिस्कोमा गई क्लब सञ्चालकसँग विवाद गरेका थिए। दरबारमार्गस्थित आईक्लव नामक डिस्कोमा गई पेस्तोल देखाएर धम्काएको आरोपमा मंगलबार राति सई राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो । ।

उनी अत्याधिक मदिरा सेवन गरी साथीसँग त्यहाँ गएका थिए । त्यहाँ सामान्य विवादमा उनले पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकमाथि अपशव्द प्रयोग गरेका थिए । प्रहरीले उनीसँगै गएका उनका साथी विकास पाण्डेलाई समेत पक्राउ गरेको छ । दुबैलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।