0 COMMENTS

काठमाडौं २,फागुन २०७४/ बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ ।नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन नेपाल(फ्यान) का अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको यmूलको बिउ आयात हुन्छ ।

यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ । आजको अन्नपूर्ण पोस्ट(अर्थतन्त्र)मा खबर छ ।विवाह, भोज-भतेर, पार्टी सेमिनार, शुभकार्यको अवसरमा यो फूल बढी प्रयोग हुन्छ ।त्यसबाहेक सबैभन्दा बढी माग भ्यालेन्टाइन डेका दिन माग ह्वात्तै बढ्छ । भ्यालेन्टाइन्स डेका लागि यसपटक एक लाख ९० हजार थान गुलाब स्टिक आयात भएको छ ।

भ्यालेन्टाइन्स डेमा दुई लाख ५० हजार थान गुलाबको स्टिम र स्टिकको कारोबार हुन्छ । र यो दिनमा मात्रै दुई करोड ५० लाख मूल्यबराबरको गुलाब फूलको ब्यापार हुने खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।