0 COMMENTS

 रमिला बस्नेत उदयपुर २३,माघ ०७४/विश्व उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको आईतबार मोटरसाईकल उपहार प्रदान गरिएको छ ।

विश्व उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई कम्पनीले बजार मूल्य करिब चार लाख बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार स्वरुप प्रदान गरेको बताइएको छ । कम्पनी प्रतिनिधि उज्जल जोशी र आईएमी ग्रुपका कन्ट्रि मेनेजर दिपेस कायस्थ विजनेस हेड अशिस शर्माले एक समारोहकाबीच कार्कीलाई मोटरसाईकल हस्तान्तरण गर्नुभयो । कार्कीले उपहारस्वरुप मोटरसाईकल पाएपछि आफुलाई अझ राम्रा र शाहसीक कामहरु गर्दै जाने प्रेरणा मिलेको बताए ले उनले विश्व उल्टोमोटरसाईकल यात्रुको रुपमा गिनिजबुकमा नाम दर्ता पनि गरेका छन् ।

मेची–महाकाली उल्टो मोटरसाईकल यात्रा गरिसकेका उनले आफुलाई सहयोग गरेर यो अवस्थासम्म पुर्याउने सम्पूर्णलाई सम्झिदै धन्यवाद ज्ञापन गरे ।कार्की अहिले पत्रकारिता र विभिन्न सामाजिक कार्यसमेत गर्दै आएका छन् । साथै कार्कीले पुनः नयाँ विश्व कीर्तिमानी समेत कायम गर्ने अन्तिम तयारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।