0 COMMENTS

दमौली, तनहुँ, १२ माघ ०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आैँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ ।

सो अवसरमा प्रदेश नं ४ अन्तर्गत पर्ने तनहुँ जिल्लालाई व्यापारिक केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।कृषि, पर्यटन, जलस्रोत र उद्योग कलकारखानाको प्रशस्त सम्भावना रहेको भन्दै तनहुँलाई विकासमा अगाडि बढाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । संघको अध्यक्षमा निर्वाचित मानकाजी श्रेष्ठ, प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ ९राकु० लगायतका पदाधिकारीलाई अबिर र खादा लगाएर उहाँले बधाई दिनुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले कृषि, पर्यटन र व्यापारका क्षेत्रमा तनहुँ जिल्लालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।