0 COMMENTS

बासुदेब सेढाई ,लमजुङ ८ माघ०७४/लमजुङको बेशिसहर नगरपालिका १ स्थित उदिपुरकाे श्री जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ बाट कक्षा ११ काे पठनपाठन संचालन गरि क्रमश १२ हुदै निकट भबिस्यमा प्राबिधिक तथा व्यावसायिक शिक्षा सहितको उच्च शिक्षा व्यवस्थित रुपले सञ्चालन गर्ने उद्देश्यका साथ अार्थिक स्रोत संकलनार्थ अागामी २०७४ फाल्गुन ५ गते बाट १२ गते सम्म युवा पण्डित श्री दिनबन्धु पाेखरेलकाे मुखारविन्द वाट वाचन हुने गरि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक तथा शैक्षिक महाेत्सब अायाेजना गर्ने जनाएको छ ।

लमजुङको बेशिसहरमा अाज अायाेजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईयकाे हाे ।स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रधान गर्न ,सबैका लागि शिक्षा सर्वशुलभ शिक्षा प्रधान गर्न,विद्यालयलाई भाैतिक तथा अार्थिक रुपले सबल वनाउन ,समयकाे माग अनुसारको प्राबिधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्न र अाफ्ना सन्ततिहरुलाई अाफ्नै थलाेवाट शिक्षाको अवसर प्रधान गर्ने यसकाे प्रमुख उद्देश्य रहेको छ ।कार्यक्रमलाई भव्य र सव्य रुपमा संचालन गर्नकाे लागि विभिन्न २१ उप-समिति गठन गरिएको छ ।

श्री जनकल्याण माध्यमिक विद्यालयकाे प्राङ्गणमा हुने उक्त कार्यक्रम ५ गते विहान ११ वजे कलश यात्रा १ वजे कार्यक्रम उद्घाटन ,७ गते शालिक अनावरण र १२ गते समापन र कलश वितरण गर्ने कार्यक्रम रहेको छ । सर्वशुलभ तरिकाले शिक्षा प्रधान गर्ने पवित्र उद्देश्य राखेर कार्यक्रम अायाेजना गरियकाेले खुला दिलले अार्थिक सहयोग गर्न सबैलाई मुल समारोह समितिले अाग्रह गरेको छ । कार्यक्रममा भागवत कथा वाचन ,तुलादान,लाखबत्ति बाल्ने ,चाैरासी पुजा ,विवाह कार्यक्रम ,ब्रतबन्ध ,शालिग्राम परिक्रमा ,रात्रिकालिन भजन किर्तन ,दानदाताहरुलाई सम्मान गरिने छ ।

२००१ सालवाट प्रारम्भ भएको शैक्षिक कार्यक्रम लाई वि. सं २००८ साल वाट जनकल्याण प्रा. वि. नामाकरण गरि विधिवत रुपमा स्थापना भई वि . सं २०१० सालमा स्थायी स्वीकृति २०५० सालमा नि . मा. वि. हुदै २०७४ मा कक्षा ११ मा व्याबस्थापन र शिक्षा समुह काे पठनपाठन भईरहेकाे छ अागामि दिनमा समग्र शैक्षिक कार्यक्रम सुव्यबस्थित गर्दै निकट भविष्यमा प्राविधिक तथा व्यावसायिक शिक्षा समेत संचालन गर्दै जिल्लामै शैक्षिक थलाेकाे रुपमा उभ्याउने साेच र याेजनाका साथ अगाडि बढिएकाेले सम्पूर्ण शुभचिन्तकहरुकाे सहयोग काे अपेक्षा सहित संचारकर्मिहरुकाे पनि महत्त्वपूर्ण सहयोग अासा रहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ एवं धार्मिक तथा शैक्षिक महाेत्सब मुल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुुभयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।