0 COMMENTS

काठमाण्डाै ७माघ०७४/बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बुढानिलकण्ठबाट संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) को छाला अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्ने उद्देश्यले १.मकवानपुर गढी गाँउपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को बिनोद कुमार २.स्याङ्जा पुतलीबजार न.पा. वडा नं. ११ बस्ने बर्ष ४५ को हर्क बहादुर आले ३.नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. ६ बस्ने बर्ष ३५ को राज कुमार

तामाङ र भोजपुर राम प्रसाद राई गाँउपालिका वडा नं. ८ बस्ने बर्ष ४३ को ध्यान बहादुर राई लाइ   रेडपाण्डाको छाला थान-२ (दुई) सहित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काे टाेलीले cib ले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार काठमाण्डौमा    बुझाईएको ।

 

प्रेस विज्ञप्‍ती
मिति:- २०७४।१०।०७ गते ।

अपराध : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१), सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ को दफा २१ (१) “क” बमोजिमको कसुर अपराध ।

दण्ड सजाय : गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, घाईते बनाउने, वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद बिक्रि गर्ने, ओसार पसार गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने
कानूनी प्रावधान रहेको ।
नोट: हाब्रे (Red Panda) को छाला तथा अंगहरूको कुनै पनि प्रयोग नहुने एवं यसको बजार मुल्य समेत नभएको अवस्थामा राम्रो मुल्यमा बिक्री हुन्छ भन्ने अफवाहको आधारमा उच्च पहाडी ईलाकाबाट हाब्रे (Red Panda) मारी बिक्री गर्न काठमाण्डौ उपत्यका लगायतका शहरहरूमा ल्याउने गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।