0 COMMENTS

संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ ।

भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ ।

रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार भएको हो ।साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए ।

त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् ।नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे ।श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् ।

अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् ।श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ ।

साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।एजेन्सी  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।