0 COMMENTS

काठमाडौं ७माघ ०७४/ सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) माघ १५ देखि आउने भएको छ । कम्पनीले १०० रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री खुल्ला गरेको हो ।

कम्पनी (Butwal Power Company Limited) ले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्नेछ । यसआधारमा यो कम्पनीको कुल २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ आउनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको एफपिओमा न्यूनतम १० कित्ता अर्थात ५ हजार १० रुपैयाँदेखि अधिकत्म २० हजार ४ सय अर्थात १ करोड २ लाख २० हजार ४ सय रुपैयाँसम्मको आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।
एफपीओमा माघ १५ देखि छिटोमा माघ १९ र ढिलोमा फागुन १५ सम्म आवेदन दिन सकिनेछ । आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

गत आर्थिक वर्ष २०७३/७४ मा बीपीसीले ६५ करोड नाफा गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले नाफा ७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।