0 COMMENTS

काठमाडौं ४पुस०७४/ एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी लग्ने भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार देशभरी प्रहरीलाई पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यकामा उनलाई फेला नपारेपछि काठमाडौं प्रहरीले प्रधान कार्यालयलाई देशभरी खोजीका लागि पत्राचार गरेको हो।आईजिपी बढुवासम्बन्धि मुद्दामा सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको सर्वोच्चको फैसलाका आधारमा उनीमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरीरहेको छ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

उपत्यकामा नभेटिएपछि उनलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए। आफु मलेसियामा रहेको भन्दै अन्र्तवार्ता दिइरहेका सिलवाल भने फरार छन्। फरार भएपछि उनलाई पक्राउ गर्न देशभरीका प्रहरी परिचालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।