0 COMMENTS

काठमाडौं २८पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई ८० लाख रुपैयाँ बराबरको कम्प्युटर खरिद गरेको विषयसमेत अख्तियारको छानबिनभित्र परेको छ। आजको अन्नपूणे पोस्टमा खबर छ ।

सचिवालयमा कार्यरत तत्कालीन डीआईजी शैलेन्द्र खनाल ९हाल एआईजी० ले आफ्ना ज्वाइँ नाता पर्ने जनार्दन केसीमार्फत कम्प्युटर खरिद गरेका थिए। सार्वजनिक खरिद ऐन मिचेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले सशस्त्र मुख्यालयसँग जानकारीसमेत माग गरेको छ। सशस्त्र मुख्यालयभित्र आर्थिक वर्षको अन्त्यतिर ‘फ्रिजु हुन लागेको बजेटलाई आफ्नो विभागअन्तर्गत रकमान्तर गरी आफूखुसी खर्च गरिएको विषयमा समेत अख्तियारले छानबिन अघि बढाउने भएको छ।

सशस्त्र मुख्यालयले गत आर्थिक वर्षकै अन्त्यतिर अर्थ र गृह मन्त्रालयकै स्वीकृतिमा पैसा रकमान्तर गरेको थियो। महानिरीक्षक सिंहबहादुर श्रेष्ठले एआईजी शैलेन्द्र खनाल प्रमुख रहेको मानव स्रोत विकास विभागलाई २८ लाख, एआईजी प्रेम शाही प्रमुख रहेको कार्य विभागलाई १८ लाख र एआईजी प्रकाश ओझा प्रमुख रहेका सीमा विभागलाई १८ लाख रुपैयाँ रकमान्तर गरेका थिए। तीनवटै विभागका प्रमुखले केन्द्रीय लेखाले खरिद गरेका सामानलाई पुरानोमा आम्दानी बाँधेर रकमान्तर गरी घोटाला गरेको आशंका छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।