0 COMMENTS

भरतपुर२४पुस०७४/ भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा ६ जोडी युवा–युवतीलाई होटल कोठाबाट पक्राउ गरेको हो ।

होटेलमा छापामारेर शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा वर्ष १८ देखि ४० वर्षसम्मका रहेका छन् । प्रहरीले पक्राउ गरेकाहरूमा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९ का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी रहेका छन् ।

उनीहरूको साथमा रहेकी डुम्रे–१ तनहुँकी सिता आले (नाम परिवर्तन) भरतपुर–८ की मनिसा मगर (नाम परिवर्तन), कैशल लामा (नाम परिवर्तन) माया कंडेल (नाम परिवर्तन) भरतपुर–६ रोजिना तामाङ (नाम परिवर्तन) रहेका छन् ।पक्राउ परेका उनीहरूलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।