0 COMMENTS

मिलन चाम्लीङ्,धरान२४पुस०७४/नेपालकाे पुर्बमा नाम चलेको पर्यटकीय स्थलहरु धेरैरहेका छन जस्मा इलाम,धार्मिक क्षेत्र बराहक्षेत्र,बुढासुब्बा, दन्तकाली,पाथिभरा,भेडेटार लगायत थुप्रै स्थानहरु छन। यश मध्ये पर्यटकीय संभावना बोकेको मोरङ बेलबारी न.पा ४ बेतनामा १७४.९१हेक्टर जमिनमा फैलिएको बेतना सिम्सार पनी एक हो।

यहाँ विभिन्न प्रजाती चरा,माछा ,हरिण,अजिङ्गर ,बादर,निगाले बाघ,दुम्सी,न्याउरी मुसा,स्याल,गिद्द,पानी काग,र लोपोन्मुख १गरी ६ प्रजातिको कछुवा पाइन्छ।सिम्सार भित्र बनभोज स्थल,बोटिङ लगायत विभिन्न मनोरञ्जनात्मक दृश्यहरु रहेको छन। यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटन ७०० भन्दा बढी घुम्नलागि आउने गर्छ्न। बेतना सिम्सार समिति सचिव निशा किरण राईले  आर्थिक बर्ष २०७३/७४मा ८७ लाख आम्दानी भएको कुराबताउनु भयो ।

आम्दानीको स्रोतहरूमा बनभोज,बोटिङ र प्रवेश शुल्क रहेको छ प्रवेश शुल्क प्रती ब्याक्ती रु ३०,बनभोज प्रती स्थान ६०० र बोटिङ प्रती बोट रु १५० रहेको छ।सिम्सार क्षेत्रको रेखदेखको लागि कर्मचारी ब्याबस्थापन गरिएको छन।सिम्सार क्षेत्रलाई ३भाग बिभाजन गरेकोको र खण्ड क १३ हेक्टर खण्ड ख ६३ हेक्टर र खण्ड ग ९८ हेक्टर जमिन भित्र रहेको छ।

मनोरञ्जन र मानव निर्मित चिडियाखाना खण्ड क र खमा रहेको छ भने खण्ड ग क्षेत्रमा मान्छेलाई प्रवेश निशेध गरेको कुरा अध्यक्ष डम्बर बस्नेतले बताउनु भयो।यस क्षेत्रलाई पर्यटकीय स्थल मात्र नभएर रुख बिरुवा संरक्षण क्षेत्र बनाउने सोचका साथ  क्षेत्र भित्र रहेको रुख बिरुवा काट्न नपाइने कुरा पनि जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।