0 COMMENTS

काठमाडौँ, २१ पुस०७४/ सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २४ गतेका लागि तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा २४ गतेका लागि मिति तोकिएको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

“नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (क) बमोजिम निर्वाचित हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश–२०७४ को दफा ५ को उपदफा १ बमोजिम आगामी माघ २४ गते बुधबार निर्वाचनको मिति तोक्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने भएको छ”– मन्त्री कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।