0 COMMENTS

भोजपुर२०पुस०७४/ भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपरीत रकम असुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् ।

दबाबपछि स्थानीय कन्सल्नेन्सीले पीडितसँग लिएको एक लाख ९४ हजार रकममध्ये ३४ हजार नै फिर्ता गरिएको उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।