0 COMMENTS

काठमाडौँ, १८ पुस०७४/  देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले पेट्रेलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज विज्ञप्ति जारी गर्दै सरकारले पटकपटक डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रोसँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको बताउनुभयो ।

गएरातिदेखि लागू गरिएको पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धिले जनताको दैनिकीलाई झन कष्टकर बनाएको हुँदा मोर्चाले यसको भत्र्सना गर्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।