0 COMMENTS

काठमाडौँ१८पुस०७४/नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ ।

निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार अब पेट्रोल लिटरको १०२ रुपैयाँ पर्ने भएको छ, भने डिजेल, मटितेल र पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ बढेर ७९ रुपैया पुगेको छ । त्यसैगरी हवाई इन्धन तर्फ अन्तरिकको लागी ३ रुपैयाँ बढ्दा ९० रुपैयाँ पर्ने भएको छ ।नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ र आइओसीले पठाउने मूल्य पनि बढ्न थालेको निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यका आधारमा पछिल्लो ४५ दिनमा निगमले तीनपटक पेट्रोलियमको भाउ बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।