0 COMMENTS

काठमाडौं१४पुस०७४/ इम्बोस्ड नम्बरप्लेट नराखे सवारी साधनको नवीकरण नै नगर्ने विभागको जनाएको छ । इम्बोस्ड नम्बरप्लेटको जडानलाई प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले बाध्यकारी नियम बनाएको हो ।

गत मंसिर २९ गते निकालेको सूचनामा बाग्मती अञ्चलमा दर्ता भएका १२ लटसम्मका सबै निजी तथा सरकारी सवारी साधनले चैतभित्र इम्बोस्ड नम्बरप्लेट जडान गर्न विभागले समयसीमा दिइएको छ।

त्यस्तै असारभित्र अञ्चल प्रहरी कार्यालय बाग्मतीमा दर्ता भएका सबै निजी गाडिहरुले इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने उल्लेख छ। ‘समयसीमाभित्र इम्बोस्ड नम्बरप्लेट जडान नगरेका सवारी साधनको नवीकरण नगर्न यातायात कार्यालयहरुलाई भनेका छौं,’ विभागका महानिर्देशक भट्टराईले भने।

विभागले दुई साताअघि समयसीमा नै तोकेर गाडिहरुमा इम्बोस्ड नम्बर प्लेट जडान सूचना निकालेको थियो । समयसीमाभित्र नम्बरप्लेट जडान नगरे सावरी साधानको नवीकरण नगरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

वेसभाइडमा अनलाइन फर्म भरेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी साधन लगेर दस्तुर तिरेपछि नम्बरप्लेट जडान गरिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।