0 COMMENTS

काठमाण्डाै१३पुस०७४/  रामेछाप दोरम्बा १ का पुर्व वडाध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले विहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ परेका दोरम्वा गाउँपालीका वडा नं १ का २३ वर्षिय च्याङवा भन्ने कुमार घिसिङलाई सार्वजनिक गरेको छ ।प्रहरीको पाँच दिने लामो अनुसन्धानपछि कार्यालयले विहिवार पत्रकार सम्मेलन मार्फत सोही गाउँपालीका र सोही वडा वस्ने पूर्व वडाध्यक्ष तामाङको हत्या गरेको स्विकार गरेको आधारमा पक्राउ गरी अभियुक्त घिसिङलाई सार्वजनिक गरेको हो ।

उनले गत पुस १० गते विहान ११ वजेको समयमा वावुरामको हत्या गरी स्थानिय लप्सी खोलामा शव ढुङ्गाले छोपेर हिडेको स्विकारउक्तीको आधारमा कुमारलाई पक्राउ गरी आजै जिल्ला अदालत रामेछापवाट म्याद थप गरि हिरासतमा राखिएको रामेछाप प्रहरीले जनाएको छ ।

२०७४ पुस ९ गते विहान घरवाट निस्किएका तामाङ्ग राती अबेरसम्म पनि घर नफर्कीएपछि परिवारका सदस्यहरुले उनको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बावुरामको मृत शरिर स्थानिय लप्सी खोलामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका निरिक्षक राजेन्द्रकुमार थापको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले स्थलगतरुपमा गरेको अनुसन्धान र स्थानीयहरुको बयानका आधारमा संकास्पद ८ पुरुष र १ महिला सहित ९ जना सर्वसाधारणलाई समेत पक्राउ गरि ल्याएको थियो ।

उनीहरुसँगको ४ दिने अनुसन्धान पछि अभियुक्त कुमारले आफुलाई मृतक बाबुरामले पटक पटक ज्यानमाराको छोरो तथा ज्यानमाराको संन्तान भनेर अर्नगल रुपमा गाली गलोज गर्ने गरेको र सो दिनपछि मृतकले गाली गरेकाले सहन नसकि धारिलो ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख कुमोद ढुगेलले बताउनुभयो ।

उनले हत्यामा प्रयोग गरेको धारिलो र गरुगों ढुङ्गा समेत प्रहरीले पत्रकार सम्मेलमा सार्वजनिक गरेको थियो । हत्याको आशंकमा पक्राउ परेका अन्य ८ जनालाई भने प्रहरीले खोजेको बखत हाजिर हुने गरी छाडीएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हत्यामा संलग्न कुमारका बुवाले तत्कालिन २०६३ सालमा सोही वडाको माओवादी नेता बीरबहादृुर तामाङलाई हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।