0 COMMENTS

काठमाडौं ८ पुस०७४/  स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । इएल क्लासिको यो हारसँग रियल मड्रिड भने अंक तालिकामा १४ अंकले पछि परेको छ ।

उपाधि होडमा फर्कन रियलका लागि यो खेल्न जित्नु पर्ने दबा थियो तर, झण्डै आधा घन्टा १० खेलाडीमा सिमित भएको रियल ३-० ले पराजित हुनपुग्यो ।घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले आक्रमक सुरुवात गरेको थियो । सुरुमा नै रोनाल्डोको गोल अफसाइड हुनपुग्यो भने त्यसपछि पनि घरेलु टोलीले बार्सिलोनामाथि लगातार दबाब कायमै राख्यो ।

४० औं मिनेटमा मेस्सीको पासमा उपलिन्होले हेड गरेका थिए, जसलाई नाभासले मुस्लिकले बचाए । पहिलो हाफमा बार्सिलोनाले पाएको यो उत्कृष्ट मौका थियो ।

लगतै घरेलु टोलीका रियलका करिम बेन्जिमाको प्रहार बारमा लागेर बाहिरिएको थियो ।तर, बार्सिलोना दोस्रो हाफमा खेल उल्टायो । घरेलु टोलीमाथि दबाब बढाउँदै लगेको बार्सिलोनाका लागि ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरे ।

६४ औं मिनेटमा रियल मडि्रडले दोहोरो झड्का व्यहोर्‍यो । किपर विट भइसकेके अवस्थामा हातले बल रोक्ने प्रयास गर्दा कार्भाजलले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टीको अवसर दिइयो, जसमा मेस्सीले सहजै गोल गरे ।

यो इएल क्लासिकोमा मेस्सीको २५ औं गोल हो । ला लिगाको इएल क्लासिकोमा भने १७ औं र रियल मड्रिडको घरेलु मैदानमा भएको क्लासिकोमा पाँचौं गोल हो ।

खेलको अन्तिम मिनेटमा मेस्सीकै पासमा एलेक्स भिडालले गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।जितसँगै बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिडको ३१ अंक छ र एक खेल कम खेलेको छ ।यसैगरी बार्सिलेाना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडबीच भने ९ अंकको दुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।