0 COMMENTS

 काठमाण्डाै१२मंसिर०७४/ दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो ।

घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो ।उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । खातुनलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो ।

प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नेजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् ।पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन् ।सोहीअनुसार नेजमाले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदबारले बताए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।