0 COMMENTS

काठमाडौँ, ५ मंसिर०७४/ चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ ।

ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा उपविजेता सीमित बनेको फ्रेण्डस क्लबले रु दुई लाख ५० हजार प्राप्त गरेको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।गत कात्तिक २८ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका आठ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।