0 COMMENTS

कात्तिक २५ – इटाली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुने सम्भावना बढेको छ । विश्वकप छनौटका लागि भएको प्ले–अफको पहिलो लेगमा शुक्रबार राति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकपमा छनौट नहुने सम्भावना बढेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भ्रमण टोली इटालीले गोल खायो । ६१ औं मिनेटमा याकोव याहानसनले गरेको गोल नै स्वीडेनको जितमा निर्णायक बन्यो । पहिलो लेगमा जित निकालेको स्वीडेनको छनौट हुने सम्भावना बलियो भएको छ । दोस्रो लेग आउँदो सोमबार इटालीमा हुनेछ । इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा जित अनिवार्य छ । स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनौट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।