0 COMMENTS

रौतहट, २४ कात्तिक०७४/गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट बिहीबार राति अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा गौरतर्फ गइरहेको ना५१प ९५५९ नंको मोटरसाइकल सखुुअवा चौकनजिक अनियन्त्रित भई दुुर्घटना भएको थियो । दुुर्घटनामा गम्भीर चोट लागेका रौनियारको गरुडास्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो ।

मोटरसाइकलमा पछाडि सवार रौतहट माधवनारायण नपा–३ का पवनकुुमार साहलाई सामान्य चोट लागेको र गरुडास्थित उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।