0 COMMENTS

काठमाडौं १९भदाै०७४/ नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै भदौ २८ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ ।

नेपाल बैंक लिमिटेडका काठमाडौ बैकिङ अफिस, न्यूरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर शाखा कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल शाखा कार्यालयहरु बाट नयाँ नोट साट्न पाइनेछ ।यसैगरी, कृषि विकास बैंकका शाखा कार्यालय (गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार) बाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यी ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको सटही काउन्टरबाट भने प्रतिव्यक्ति अधिकतम २७ हजारसम्म नोट साट्न पाइनेछ । संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य संघसंस्थालाई भने सम्बन्धित संस्थाको पत्रको आधारमा भदौ २१ गतेदेखि ३० गतेसम्म नयाँ नोट दिइने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।