0 COMMENTS

भदौ ४ अछाम ०७४/ गायक गणेशजंग रावलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आवाजमा रहेको गीत ‘तिम्रो मेरो’को म्युजिक भिडियोलाई शनिबार मात्र युुटुुब सहीत बजारमा भएको हो ।

गीतकार रश्मी शर्माको शब्द तथा मोहन मगरको संगीत रहेको यस गीतलाई सबैले मन पराउने विश्वास लिएको गायक रावलले बताएका छन । निर्देशक रोहित बस्नेतको एक्सन कटमा निमार्ण गरीएको यस भिडियोमा अमृत, दिना र श्रीकृष्ण पोख्रेलको अभिनय रहेको छ ।[view_video url=”qkCnR7c8XP8″]

गीतार प्रशिक्षकका रुपमा समेत चिनिएका रावलले अन्य दर्जनौ गीतहरुमा स्वर, संगीत भरेका छन् । अछामको मंगलसेन नगरपालीका नगरपालीका वडा नम्बर ९ ओलिगाउमा जन्मीएका रावलको सानै देखि नै गायन तथा संगीतमा निकै रुची रहेको थियो । यसअघि उनले आफनो निर्देशन र अभियनमा समाजका विकृत कम गर्न चेतना दिने छोटो चलचित्र “दोधार” र “मेरो समाज” बजारमा ल्याईसकेका छन ।

२१ बर्षे युवा पुुस्ताका गायक रावलले आगामि दिनमा आफनो यात्रा निरन्तर जारी राख्ने बताएका छन । राजधानीको ओस्कार इन्टरनेश्नल कलेजमा निर्देशन सम्बन्धि अध्यन गरीरहेका रावलले यस भन्दा पछी पनी नयाँ गीतको तयारी भईरहेको जानकारी दिएका छन । ‘तिम्रो मेरो’लाई उत्सव दाहालले छायाङकन तथा विकाश धमलाले सम्पादन गरेका हुन् । यो गितको २ दिनके अवधिमा झण्डै साढे १० हजार भ्यु पुुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।