0 COMMENTS

भोजपुर २३साउन/ जिल्ल्लाको षडानन्द नगरपालिका दिंलामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना आर्थिक लेनदेनमा मिलाईएको छ । बलात्कारको घटना भए पनि ६० हजार आर्थिक लेनदेन गरी मिलापत्र गरिएको हो ।

स्थानीय तहमा हालै नवनिर्वाीचत जनप्रतिनिधीहरुको रोहवरमा मिलापत्र गरिएको हो । षडानन्द नगरपालिका-७ केउरेपानीका ३२ वर्षीय मेघराज श्रेष्ठले सोही ठाउँकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको केही समयपछि बाहिर आएको थियो । गत श्रावण ९ गते घरनजिकै बाख्रा चराउन जाँदा मेघराजले पीडितलाई बलात्कार गरेका थिए । बुढा मावलीतर्फको दाइ नाता पर्ने मेघराजले ज्यानमार्ने धम्की दिएपछि पीडितले कसैलाई भन्न सकेकी थिइनन् । पीडित स्थानीय षडानन्द माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।

बलिकाको स्वास्थ्यमा समस्या आएपछि खाँदबारी अस्पतालमा उपचार गर्न लगिएको थियो । डाक्टरले बालिकाको प्रारम्भिक स्वास्थ्य जाँचको क्रममा पुलिक केस भएकाले उपचारका लागि आवश्यक प्रक्रिया पुर्याउनुपर्ने बताएपछि सामसुम भइसकेको घटना बालिकाका अन्य आफन्तले पनि थाहा पाएपछि कानुनी उपचारका लागि उनीहरु अग्रसर भएका हुन् ।न्यूजलय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।