0 COMMENTS

कल्पना बोहरा  साउन, २३/ अछामवाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल वडिमालिका दर्शन गर्न जाने क्रममा सनिवार निधन भएका अछामको मेल्लेख गाँउपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको सव ३ दिन विति सक्दा पनी ल्याउन सकिएको छैन ।

  आईतवार नेपाली सेनाको हेलिकप्टरवाट सव ल्याउने प्रयास भएपनी खराव मौसमका कारण सव ल्याउन नसकिएको अछामका प्रमुख जिल्ला अधिकारी संकर विष्टले वताएका छन् । सव रहेको स्थान अत्यन्तै अफ्ठ्यारो भएकाले पनी सव ल्याउनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्टले वताएका छन् ।  प्रमुख जिल्ला अधिकारी विष्टका अनुसार वाजुरा जिल्लावाट खटिएको नेपाल प्रहरीको टोलीले सव कुरिरहेको छ । मृतक वोहराका आफन्त हिजै घट्नास्थल तर्फ हिडिसकेका भए पनी त्याहाँ पुग्न अझै ५÷६ घण्टा लाग्ने वताईएको छ ।

 सुदुरपश्चिमकै प्रशिद्ध धार्मिक तिर्थस्थल मानिएको बाजुरामा रहेको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा दर्शनको लागि जाने क्रममा शनिवार उनको लेक लागेरे मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिर स्थल  पुग्न करीब डेढ दुई घण्टा मात्र बाँकी रहने स्थान बाजुराको त्रिवेणी नगरपालिका ९ लौरी विनायाक भन्ने ठाँउमा उनको शनिवार राती ८ बजेतिर मृत्यु भएको थियो । दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका वडा नम्वर ५ विन्देवासिनीका लागि कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका बोहरा समाजसेवामा समेत सक्रिय थिए । शसस्त्र प्रहरी वलमा हवल्दार पदमा काम गरिसकेका बोहरा दन्द्धकालमा घाईते भएपछि नेपाल सरकारले आरामको लागि घर पठाएको थियो । मृतक बोहराका दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।