0 COMMENTS
बासुदेब सेढाई

जनता जनार्दन हुन् जनताकाे अादेश सर्बोच्च हुन्छ जनताले चाहे परिवर्तन संभब छ किनकि राणा शासन , पंचायत , राजतन्त्र जनताले नै फालेका हुन् देशमा संघिय लाेकतान्त्रिक गणतन्त्र जनताकाे बलबाट प्राप्त भयकाे हाे ।

कुनै राजनीतिक दलका नेता , सर्बोच्च अदालत या अन्य कुनै संघ संगठनले चाहदैमा परिवर्तन संभब छैन याे कुरा माअाेबादि जनयुद्धले पनि देखाईसकेकाे छ । नागरिकका चाहना बिपरित का शासन या सासक टिक्न सक्दैन याे कुरा हामिले अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम बाट पनि बुझ्न सक्छाै । नागरिकहरुकाे मत त्यति बलियाे हुन्छ तर स्थानीय निकायकाे निर्वाचन काे क्रममा भरतपुर माहानगरपालिकामा मतगणना हुदै गर्दा मतपत्र च्यातियाे किन च्यातियाे मतपत्र ?

जसले जुनसुकै नियत राखेर मतपत्र च्यातेपनि अन्तत यसले नागरिककाे बिश्वास माथि गम्भीर चाेट पुर्यायकाे छ। सिङ्गो लाेकतन्त्र कमजाेर पार्नेछ भने राजनीतिक दलहरुप्रति नागरिकहरुकाे बिश्वास घटाउने काम गरेकाे छ । लामाे प्रतिक्षापछि च्यात्तिएको मतपत्र काे सम्बन्धमा दायर रिटमा सर्बोच्च अदालतले पु:न मतदान गराउन अादेश दियाे । सर्बोच्च ले गरेकाे फैसला ठिक या बेठिक जे भयपनि एसले एउटा गलत नजिर बसाल्न सक्ने खतरा छ ।

त्यत्राे सुरक्षा का बिच मतगणना हुदै गर्दा मतपत्र च्यातिनु र च्यात्ने लाई कार्बाहि नहुने हाे भने फेरि यस्ता घटना दाेहाेरिय के गर्ने ? बुढि मरि भन्दापनि काल पल्केकाे चिन्ता छ यहाँ । जुनसुकै राजनीतिक दल या जुनसुकै नेताहरू ले जित्नु र हार्नु संग नागरिकहरुकाे खासै सराेकारकाे बिषय हुदैन तर नागरिक ले दियकाे मतकाे सम्मान हुनुपर्दछ , निर्भयताका साथ नागरिकहरुले मतदान गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ , नागरिहरुले स्वतन्त्र ढंगले अाफुलाई मनपरेकाे उमेदवारलाई भाेट दियर जिताउन पाउने अधिकार काे सुरक्षा हुनुपर्दछ भन्ने नागरिकहरुकाे माग हाे । लाेकतन्त्र र नागरिक सर्बाेच्चता माथि बिश्वास राख्नेहरुका लागि याे सुहाउने कुरा हाेईन । अब फेरि भाेट माग्न जाँदा के भनेर भाेट माग्ने याे प्रकरणले पार्टी र उमेदवार हरुकाे बिस्वस्नियता झन घटाउने निश्चित छ ।

प्रतिस्पर्धाकाे लागि मैदानमा उपस्थित भयपछि जित या हार लाई सम्मानजनक तरिकाले स्विकार गर्न सक्नुपर्छ । सत्ता र शक्तिको चरम दुरुपयोग गरेर मतदातालाई अाफ्नाे प्रभावमा पारेको अाराेप लगायर प्रतिपक्षि दलबाट यस्ताे हर्कत गरे त्यति अस्वभाविक मान्न नसकियपनि सत्ता गठबन्धन दलहरुबाटै यस्तो काम हुनु असाेभनिय हाे । जबर्जस्ति गर्ने हाे भने देखावटी निर्वाचनको अाबस्यकता हुदैन त्यसैले सम्पूर्ण राजनीतिक दल तिनका नेता कार्यकर्ता हरुलाई नागरिहरुका तर्फबाट हाम्रो सुझाव छ यस्तो गलत कामलाई प्राेत्साहन गर्नुहुँदैन । लाेकतन्त्र बिधिकाे शासन नागरिक सर्बोच्चता कायम राख्नुस् अाम नागरिकहरुले पनि गलत तत्वलाई परास्त गर्नुस् र अागामि निर्वाचनमा यस्ता घटना दाेहाेरिन नदिनेतर्फ सबै सचेत हुन अाबस्यक छ र भरतपुर माहानगरपालिकाकाे मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न हाेस् नागरिकहरुकाे जित हाेस् , सक्षम नेतृत्व चुन्न सफलता मिलाेस् हार्दिक शुभकामना छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।