0 COMMENTS

बासुदेब सेढाई,सुन्दरबजार , साउन १/ स्पन्दन साहित्य समाज ले अाफ्नाे दाेस्राे बार्षिकाेत्सब मा अायाेजित ” गजल साँझ ” भब्यरुपमा सम्पन्न गरेको छ ।

सुन्दरबजारको कृषि क्याम्पसमा अायाेजित उक्त कार्यक्रममा बरिस्ठ गजलकार द्वय बाबू त्रिपाठी र संगीता थापाकाे प्रमुख अातिथ्यता थियाे । कार्यक्रममा गजलकार द्वयले गजलकाे माध्यम बाट सामाजिक बिकृति बिसंगतिकाे बारेमा अाफ्ना धारणा राखेका थिय । नैतिकता , अनुसासन , कर्तव्यबोध , देशकाे बेरोजगारी , सरकारकाे कामकारबाही , बा अामा लाई गरिने अपहेलना , भाेकाे पेट र नाङ्गो सरिरकाे कथा अादिकाे चर्चा गरेका थिय पुरै हल भरिभराउ भयकाे सभाहलका दर्शकहरु लाई गजलले लठ्ठ पारेकाे थियाे ।

कार्यक्रममा पिपलकाे पातमा लेखेर बनाईयकाे अतिथि काे ब्याज ले नयापन देखाएको थियाे भने उपस्थित सबैले यसलाई सकारात्मक र रचनात्मक महसुुस गरेका थिय । क्याम्पस का प्राध्यापक सुबर्ण शर्माले राष्ट्रबादि गजल सुनाउदा सम्पूर्ण दर्शकहरुले जाेडदार तरिकाले साथ दियका थिय । क्याम्पसमा अध्यानरत बिद्यार्थीहरुकाे अनुसासन , शिष्टता र उनिहरुमा भयकाे भाषा साहित्य र गजल प्रतिकाे झुकाब प्रशंसा गर्न लायक थियाे । गजल साँझ भनियपनि मुक्तक र छन्दकला पनि प्रस्तुत गरियकाे थियाे कार्यक्रमकाे अन्त्यमा क्याम्पस प्रमुख ले गजलकार द्वय लाई मायाकाे चिनाे प्रधान गर्नुभयकाे थियाे । कार्यक्रममा क्याम्पस परिबार स्पन्दन साहित्य समाज परिबार लगायत साहित्य समाज लमजुङ का अध्यक्ष अंगराज घिमिरे , हिमालचुलि साहित्यकला प्रतिष्ठान लमजुङका अध्यक्ष बेन ब सुयल , छन्दकला प्रतिष्ठान लमजुङका अध्यक्ष बासुदेब थापा , मुक्तक मंच लमजुङका अध्यक्ष बसन्त अधिकारी लगायत काे उपस्थिति थियाे पुरै सभाहलमा पुरै भरिभराउ दर्शकहरु रहेकाेले कार्यक्रम उत्साहजनक सब्य र भब्य थियाे ।

कार्यक्रमकाे सभापतित्व स्पन्दन साहित्य समाजका अध्यक्ष नवराज ढकालले गर्नुभयकाे थियाे भने सहजिकरण सचिव सन्तोष सागरले गर्नुभयकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।