0 COMMENTS

रमिला,बस्नेत ,उदयपुर, ६ असार /असार १४ गने हुने स्थानीय निर्वाचनको लागी उमेद्वारी दिएका एक माओवादी नेताको घर नजिक शक्तिशालि बम बिष्पोट भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेका लागि अध्यक्ष पदको उमेद्वार नरबहादुर कार्कीको घर जनिकै बम बिष्पोट भएको हो । उनको बासबारी स्थित घर नजिकै बम बिष्पोट भएको हो । मनोनयन दर्ता प्रक्रिया सकेर घर पुगेको केहि बेरमा बम बिष्पोटको आवाज आएको उमेद्वार कार्की बताउँछन् । उनको अनुसार  मनोनयन दर्ता प्रक्रिया अबेरसम्म लागेका कारण उनी रातको १० बजे घर पुगेका थिए । उनी घर पुगेको केहि समय पछि बम बिष्पोट भएको थियो । बम बिष्पोट पछि घटना स्थलमा सुरक्षाकर्मीहरु पुगेका थिए । बम कसले बिष्पोट गराएको हो भन्ने बारे हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।