0 COMMENTS

rekhaअभिनेत्री रेखा थापा आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । रेखाले जन्मदिन मनाउँदै गर्दा एक कार्यक्रमा उनले आफूलाई देशको चिन्ता लागेको बताइन् । देशको बिग्रदो अवस्थाका कारण आफूलाई जन्मदिन मनाउन कुनै उमंग नभएको भन्दै उनले देशप्रति आफ्नो चिन्ता व्यक्त गरिन्।

जन्मदिनको दिन आफू परिपक्क भएको भन्दै उनले जीवनमा गरेका गल्तीमा माफीसमेत माग्न भ्याइन्।

हिरो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा उदाएकी रेखाले सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकि छिन् । नेपाली फिल्ममा महिला अभिनेताको रूपमा चिनिने रेखाका प्राय सबै फिल्म हिट भएका छन् ।

विभिन्न स्क्यानडलबाट रेखा चर्चामा आइरहन्छिन् । के हुन् त उनका चर्चित ७ स्क्यान्डल ?

१. छविसँग बिहे र डभोर्स : अभिनेत्री थापाको जीवनमा सवैभन्दा चर्चामा रहेको स्क्यान्डल हो निर्माता छविराज ओझासँगको बिहे र १० बर्ष पछिको डिभोर्स । यो दौरानमा रेखा सधै नै चर्चामा आइन् । उनले डिभोर्स पश्चात आफूले छविसँग बिहे नै नगरेको पनि बताइन् । उनले छवि राज ओझाका बारेमा दिएका विभिन्न खालका बयान सधै नै चर्चामा रह्यो ।

२. सुदर्शनसँग प्रेमको नाटक : फिल्म हिम्मतवालीबाट आफैले भित्राएका कलाकार सुदर्शन गौतमसँग रेखाले प्रेमको हल्ला पनि फैलाइन् । विशेषगरि, फिल्म प्रदर्शनको समयमा रेखाले सुदर्शनसँग आफू प्रेममा रहेको कुरा फेसुबकबाट नै दिइन् । तर, पछि रेखाले यो कुरालाई हल्ला मात्र भनिन् । छवि ओझासँग काम गरुन्जेल विभिन्न खालका चर्चा चलाउने रेखाले छुटेपछि भने सुदर्शनको प्रेमको हल्ला चलाएकी थिइन् ।

३. आर्यनसँग दुश्मनी : आफ्नै ब्यानरबाट फिल्म क्षेत्रमा भित्राएका अभिनेता आर्यन सिग्देलसँग रेखाको शितयुद्ध सुरु भएको लामो समय भैसक्यो । फिल्म कसले चोर्यो मेरो मनबाट रेखा र आर्यनको बोलचाल बन्द भयो । यसपछि भने रेखा र आर्यनको नाम जोडिएर बजारमा गसिप सधै नै बन्ने गरेको छ । आर्यनका बारेमा दिएका विभिन्न खालका बयानले पनि रेखा चर्चामा रहिन् ।

४. निखिलसँग दुश्मनी र मित्रता : अभिनेता निखिल उप्रेतीसँग रेखाले दुश्मनी मोलिन् र उनीसँग फिल्ममा काम नै नगर्ने बताइन् । लामो समयसम्म रेखा र निखिलको बोलचाल भएन । निखिल मुम्बई पुगे, रेखा यतै रहिन् । तर, निखिल मुम्बइबाट फर्के लगतै रेखासँग सम्बन्ध सुध्रियो । निखिल रेखाकै घरमा पुगेको खबर आयो । निखिलसँग रेखाको सम्बन्धले सधै चर्चा पायो । अभिनेता विराज भट्टसँग त रेखाको अझै बोलचाल छैन ।

५. प्रचण्डसँगको नृत्य : यी अभिनेत्रीको चर्चा सवैभन्दा धेरै भयो एमाओवादीका अध्यक्ष प्रचण्डसँग नृत्य गरेको घटनाबाट । रेखाले प्रचण्डसँग सिंहदरबार घेराउका क्रममा लालुपाते नुध्यो भूइतिर बोलको गीतमा नृत्य गरेपछि खुबै चर्चा कमाइन् । यो घटना रेखाको करिअरको सवैभन्दा ठूलो स्क्यान्डल थियो । यही पछि उनी राजनीतिक वृत्तमा पनि चर्चामा आइन् । यसपछि रेखा एमाओवादी पार्टीमा लागिन् र दोश्रो संविधान सभाको चुनावमा टिकट पनि पाइन् । तर, भोटर लिष्टमा नाम नभएपछि उनको उम्मेदवारी खोसियो ।

६. विवाह गरेपनि भर्जिन : रेखाले निर्देशक तथा निर्माता छवि अोझासँग विवाह बन्धनमा बाँधिइन् । विवाहको १० वर्षमा उनले छविसँगको सम्बन्ध तोडिन् र पारपाचुके गरिन् । १० वर्षे वैवाहिक जीवनमा अाफू भर्जिन रहेको बताइन् । छविसँग शारिरिक सम्बन्ध नै नभएको उनले बताउँदा फिल्मी क्षेत्रमा गसिप नै चल्यो ।

७. पत्रकारलाई झापड : रेखाले आफूबारे लेखेको विषयमा पत्रकार चिरञ्जिबी पौडेललाई झापड नै हानिन् । गाईजात्राको दिन पत्रकार चिरञ्जिबी पौडेलले रेखाको विषयमा व्यग्य लेखेका थिए । व्यग्य लेखेकै कारण पत्रकार पौडेले झापड खानु पर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।