0 COMMENTS

 बैशाख १४, काठमाडौं२०७४ / नेकपा एमालेले हरेक स्थानीय तहमा व्यवस्थित बस्ती विकास गर्ने योजना सहित घोषणापत्र तयार पारेको छ। एमाले उपाध्यक्ष तथा स्थानीय निर्वाचन घोषणापत्र निर्माण समितिका संयोजक बामदेव गौतमले हरेक गाउँपालिकाको मध्य भागमा स्याटेलाइट शहर र त्यसको वरपर अन्य व्यवस्थित शहर निर्माण गर्ने योजानासहितको घोषणापत्र तयार पारेको जानकारी दिए। उनले उक्त घोषणापत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको पनि जानकारी दिए।

घोषणापत्रमा आवास क्षेत्र जानका लागि २ लेन र बजार क्षेत्र जान ४ लेनको सडक, मुख्य शहर जान ६ लेनको सडक हुने पनि उल्लेख गरिएको छ। हरेक गाउँपालिकाको केन्द्रमा एउटा कलेज र प्रत्येक वडामा न्यूनतम एउटा माध्यमिक विद्यालय, प्रत्येक टोलमा प्रावि स्कुल रहने विषय पनि घोषणापत्रमा रहेको गौतमले जानकारी दिए। प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल, प्रत्येक क्षेत्रमा एउटा औद्योगिक क्षेत्र, प्रत्येक आधा घण्टाको बीचमा उद्यान निर्माण गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ। त्यस्तै ९५ प्रतिशत पुराना घर भत्काएर नयाँ घर निर्माण गर्ने पनि एमालेको घोषणापत्रमा छ। गौतमले दुई वर्षमा भारतलाई आर्थिक वृद्धिदरमा उछिन्ने पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।