0 COMMENTS

काठमाडौं १ वैशाख०७३/ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– त्यसैले त राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने जान्दाजान्दै पनि सबैभन्दा ठूलो पार्टी चुनावअगाडि सुरक्षा भत्ता बढाउने घोषणा गरेर जेष्ठ नागरिक र असहायको मत लिने रणनीतिमा लागेको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सुरक्षा भत्ता दोब्बर पारेर सर्वसाधारणबीच एमाले लोकप्रिय बनेको आँकलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भोट तान्न भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन् ।कांग्रसले अहिले सञ्चालन गरेको सात प्रदेश केन्द्रित चुनावी सभामा सभापति देउवाले पार्टीलाई चुनावमा जिताए भत्ता दोब्बर बनाउने विषय बारम्बार दाहो¥याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।