0 COMMENTS

‘पुरुष भन्दा स्त्री आठ गुणा बढी इच्छा राख्ने हुन्छिन’
स्त्रीणां द्विगुण आहारो बुद्धिस्तासां चतुर्गुणा।
साहसं षड्गुणं चैव कामोऽष्टगुण उच्यते।।

अर्थ : एक जना स्त्री पुरुषको तुलनामा दुइगुणा आहार लिन्छीन, चार गुणा बुद्विमान र चलाख हुन्छिन र छ गुणा साहसि हुन्छिन । सेक्स कृयाकलापमा पनि पुरुष भन्दा स्त्री आठ गुणा बढि इच्छा राख्ने हुन्छिन । यसैको कारण स्त्रीले जहिलेपनि पुरुषहरुलाइ पछडि पारिरहेका हुन्छन ।

अन्नहीनो दहेद् राष्ट्रं मन्त्रहीनश्च ऋत्विजस्।
यजमानं दानहीनो नास्ति यज्ञसमो रिपुस्।।
अर्थ : जुन देशमा भोकमरी र अनिकाल परिरहेको हुन्छ त्यो देशमा जौ र ध्युको हवन गरेमा हवन गर्ने गराउने दुवैलाइ राष्ट्रदोह लाग्दछ । त्यसैले यस्तो देशमा सबभन्दा पहिला भोकालाइ खाना खुलाएर दरिद्रनारायण स्पको भगवानलाइ तृप्त गराउनु पर्दछ ।

एक एवं पदार्थस्तु त्रिधा भवति वीक्षितस्।
कुणपस् कामिनी मांसं योगिभिस् कामिभिस् श्वभिस्।।

अर्थ : कुनै पनि चिजलाइ देख्ने नजर हरेकको फरक फरक हुन्छ । हरेक मानिस आफु जस्तो छ अरुलाइ पनि त्यस्तै नजरले हेर्दछ । उदाहरणको लागि योगीको लागि सुन्दर स्त्री मुर्दाको समान हो योगीलाइ त्यसको कुनै उपयोग छैन । काम वासनाले भरिएको पुरुषको लागि सोहि स्त्री इच्छापुर्तिको साधन हो तर त्यहि स्त्री एउटा कुकुर वा हिंसक जीवको लागि न मुर्दा समान हो न इच्छा पूर्तिको साधन नै उसको लागि त मासुको टुक्रा अर्थात उसको भोजन सिवाय केहि होइन ।

नाऽत्यन्तं सरलैर्भाव्यं गत्वा पश्य वनस्थलीम्।
छिद्यन्ते सरलास्तत्र कुब्जास्तिष्ठन्ति पादपास्।।

अर्थ :मानिसहरु कहिले पनि सीधा र सरल हुनु हुदैन । किनकी जङ्गलमा रहेका सीधा रुखहरु नै सबैभन्दा पहिले छानीछानी काटिन्छन ।
यस्याऽर्थास्तस्य मित्राणि यस्याऽर्थास्तस्य बान्धवास्।
यस्याऽर्थास् स पुमांल्लोके यस्याऽर्थास् स च जीवति।।
अर्थ :सन्सारलाइ चलाउने माध्यम अर्थ हो । अर्थ अर्थात धनको महत्वपूर्ण भूमिका हुन्छ । जसको साथमा धन हुन्छ उसैका साथीभाइ र नातेदारहरु हुन्छन । धनी भएकै कारणले यहा वास्तविक महिला र पुरुष छुट्टिन्छन । धनकै कारणले मुर्खलाइ पनि विद्वान र योग्य मानिन्छन ।

शुनस् पुच्छमिव व्यर्थ जीवितं विद्या विना।
न गुह्यगोपने शक्तं न च दंशनिवारणे।।
अर्थ :एउटा कुकुरको पुच्छर कहिले पनि उसको लागि गर्वको विषय बन्न सक्दैन किनकी त्यो पुच्छर उसको शरिरको लामखुट्टे र झिंङ्गा मार्न समेत काम लाग्दैन । कम जानेका मानिसहरुको बुद्वि पनि कुकुरको पुच्छर समान हुन्छ त्यसैले तिनले धेरै कुरा सिक्नु जरुरी छ ।

क्रोधो वैवस्वतो राजा तृष्णा वैतरणी नदी।
विद्या कामदुधा धेनुस् सन्तोषो नन्दनं वनम्।।
अर्थ : क्रोधले मृत्युको आमन्त्रणा गर्दछ भने लोभले दुखलाइ निमन्त्रणा गर्दछ । विद्या भनेको दुध दिने गाइ सरह हो जसले हर समय मानिसको रक्षा गर्दछ । सन्तोषी व्यक्तिले जहिले पनि आनन्दले जीवन निर्वाह गरिरहेको हुन्छ ।

प्रातद्र्यूतप्रसंगेन मध्यान्हे स्त्रीप्रसंड्गतस्।
रात्रौ चौर्यप्रसंगेन कालो गच्छत्यधीमताम्।।
अर्थ : बुद्विमान पुरुषको धेरै समय अध्ययन र मननमा वित्नुपर्दछ । विशेष गरि उनिहरुले विहान उठ्ने वितीक्कै महाभारत दिनमा स्त्रीहरुको कृयाकलाप र रातमा चोरहरुको गतिविधीहरुको बारेमा बुझ्नु पर्दछ ।

अत्यासन्ना विनाशाय दूरस्था न फलप्रदास्।
सेवितव्यं मध्याभागेन राजा बहिर्गुरूस् स्त्रियंस्।।
अर्थ :कुनै पनि मानिस राजा अथवा वरिष्ठ अधिकारी,आगो र स्त्रीसंग धेरै टाढा पनि हुन हुन्न र नजिक पनि हुनु हुन्न । राजाको नजिक जानाले सम्मान नोकरी र धन त मिल्न सक्दछ भने धेरै नजिक जादा अपमान कैद आदिको डर पनि हुन सक्दछ । यसरि नै आगो बाट टाढा रहदा पनि खाना पकाउन सकिन्न तर नजिक हुदा पनि हात पोल्ने डर हुन्छ । यसैगरि स्त्रीहरु संग पनि धेरै नजिक भएमा इश्र्या हुने सम्भावना रहन्छ भने टाढा रहेमा उसबाट घृणा पाउने सम्भावना हुन्छ । यसैले यी तिन चिज संग सुरक्षित दुरी बनाएर राख्नु पर्दछ ।

अनवस्थितकार्यस्य न जने न वने सुखम।
जने दहति संसर्गो वने सड्गविवर्जनम्।।
अर्थ :एक अनुशासनहीन व्यक्ति आफु पनि जहिले पनि दुखी रहन्छ अरुलाइ पनि दुखी बनाउदछ । त्यस्तो व्यक्तिले समाजमा रहदा पनि अरु व्यक्तिहरुलाइ कठिनाइ मात्र पैदा गर्दछ । त्यस्तो व्यक्तिलाइ जंगलमा लगेर छाड्दा पनि उ अरुको साथ बिना दुखी रहन्छ । साधारण शव्दमा के बुझ्नु जरुरी छ भने अनुशासन हिन व्यक्ति कहिले पनि कहि पनि खुशी रहन सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।