काठमाडौं, ६ माघ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सौर्य ऊर्जाबाट चल्ने भएको छ। सरकारले यसका लागि सिंहदरबारभित्रै एक मेगावाट विद्युत सौर्य ऊर्जा निकाल्ने भएको छ।
ऊर्जा मन्त्रालयले सबै कामको तयारी अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तका अनुसार यही आर्थिक वर्षभित्र सिंहदरबारभित्र एक मेगावाट क्षमताको सौर्य ऊर्जा निकालिने छ।
सहप्रवक्ता पन्तले भने,‘सिंहदरबारको प्रशासन अब सौर्य ऊर्जाबाट चल्नेछ। यसका लागि सबै तयारी पूरा भएको छ। पहिलो चरणमा एक मेगावाट विद्युत सौर्य ऊर्जाबाट निकालिनेछ।’ नयाँ पत्रिका दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस्