0 COMMENTS

पौष कृष्ण पक्ष मा पर्ने एकादशी लाई सफला एकादशी भनिन्छ। यज्ञ हरु मध्ये मा अश्वमेध, नदीहरू मध्येको गङ्गा र ब्रतहरु मध्ये श्रेष्ठ रहेको एकादशी ब्रत र त्यसमा पनि नाम नै सफला रहेकोले याे दिन गरिएको नियम र विधि पूर्वक काे ब्रतले सर्वत्र सफलता प्राप्त गर्न सकिने बताइएको छ।

श्रद्धा, भक्ति र आस्था का साथ स्वस्थ शरीर भएका व्यक्ति हरुले बिहान ब्रह्म मुहुर्तमा उठी पवित्र नदी हरुको स्मरण गर्दै र एकादशीको नाम उच्चारण गर्दै स्नान गरी सम्भव भय सम्म मौसम अनुसार काे फल,फूल, तील, तुलसी चन्दन, आदी अर्पण सहीत भगवान विष्णुको सेवा, पूजा, आराधना र धूप दीप दान सहीत गीता तथा विष्णु सहस्रनाम काे पाठ गर्ने अनि अन्नको सेवन नगरी फलाहार गर्नाले सम्पूर्ण पाप हरु नष्ट भई पाँच हजार वर्ष तपस्या गर्दा पाइने फल प्राप्त गर्न सकिन्छ भन्ने कुरा भगवान कृष्ण ले धर्म राज युधिष्ठिर लाइ बताउनु भएको छ भने नसके गीता तथा विष्णु सहस्र नाम काे र एकादशी माहात्म्य काेश्रवण मात्र गर्ने अनि त्याे पनि नसकिने वा नभ्याइने भए, कलिको कीर्तन भन्ने मान्यता अनुसार भगवानको नाम वा मन्त्र मात्र जप गर्दै सात्विक आहार सेवन गरी अशुभ कर्म नगर्नाले पनि शुभ फल प्राप्त गर्न सकिन्छ भन्ने पनि विश्वास रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।