0 COMMENTS

काठमाडौं २७ साउन २०७७ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । आईपीओ बाँडफाँटबाट ९७ हजार ३४४ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले सेयर पाएनन् र उनीहरूको हात खाली भएको छ ।

आईपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो । करिब ३४ करोड रुपैयाँ बराबर मूल्यको आईपीओ आज (साउन २७ गते) मंगलबार बाँडफाँट गरिएको हो । सानिमा क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सोमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।