0 COMMENTS

काठमाडौँ, १२ साउन०७७ । आज सोमबार सुन चाँदीको मूल्यले इतिहास रचेको छ । आइतबार ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १२ सय रुपैयाँले नै बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज सोमबार तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ३७ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।