0 COMMENTS

काठमाडौं२० जेठ २०७७- नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिएका हुन् ।डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।