0 COMMENTS

पोखरा, २१ चैत०७६/जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१ का विभिन्न स्थानमा रक्तदान गरिएको हो ।

मञ्चले पोखरा–३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानीटङ्की, बसपार्क, उपल्लो पुडिटार, जीब्रेढुङ्गा, शान्तिउदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा–२१ को द्वारमा बसमार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोल विकास संस्था, सहकारी लगायतका सङ्घसंस्थाले रक्तदाता सङ्कलनमा योगदान पु¥याएका थिए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । विशेषगरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उहाँले बसभित्र रक्तदान गर्न सकिने भएकाले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।